Breaking News

मेरो भत्ता काटेर प्रतिनिधिसभाका सांसदलाई राम्रो पढाउने कोचिङ कक्षा व्यवस्था गर्: मेटमणी चौधरी

Banner

काठमाडौँ, माघ ७-

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले प्रतिनिधिसभा सदस्यहरूलाई संविधानको कोचिङ कक्षा आवश्यक भएको बताएका छन्।

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले कोचिङ कक्षाको व्यवस्थापनका लागि बजेट नछुट्टिएको भए आफ्नै भत्ताबाट भएपनि गर्न तयार रहेको बताए।

‘संवैधानिक सर्वोच्चता, आवधिक राज्यको कुरा गरिरहेका छौं। आफ्नो कानुन आफूलाई मन लागेको समय र दिनमा राष्ट्रपतिसँग सेटिङ डिक्लिएर गर्ने काम हामीले गरिरहेका छौं,’ चौधरीले भने, ‘यसलाई ताजा जनादेशको रुपमा डिफाइन समेत गरिरहेका छौं। हजारौं पटक झुटको खेती गरिरहेका छौं। ’ तर, ‘०७२ को संविधानको धारा ७६ को दफा ७६ का उपधाराहरु पढ्न र सिकाउने कुरामा ध्यान दिनुपर्ने छ। सम्भवत प्रतिनिधिसभामा कोचिङका लागि बजेटको व्यवस्था छैन भने मैले आफूले प्राप्त गर्ने सेवासुविधाबाट काटेर यस्ता कुतर्क गर्ने व्यक्तिहरुलाई कक्षामा राखेर राम्रोसँग पढाउन अनुरोध गर्छु।’ चौधरीले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>