Breaking News
गृहमन्त्री लामिछानेलाई लक्षित कांग्रेस सांसद खतिवडाको प्रश्न- प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परम्परा सुरू भयो ?

काठमाडौं, माघ ७
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्परा सुरू भएको भन्दै प्रश्न गरेका छन्। उनले गृह मन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै प्रश्न गरेका हुन्।
शनिबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्पराको सुरूवात गरेको बताएका हुन्।
‘भर्खरै गृह मन्त्रालयबाट एउटा सूचना जारी भएको पत्र आयो। नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरूआत भएको छ,’ उनले भने, ‘यो गृह मन्त्रालयमा पदवहाल गर्नुभएका धेरै मन्त्री यो संसदमा हुनुहुन्छ। गृह मन्त्रालय, परराष्ट्र, रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास हुने को भने मुलुक कहाँ जाने हो? बढो चिन्ताको विषय बनेको छ।’


























