Breaking News

सचिवभन्दा पछाडि सांसदलाई राखेपछि कांग्रेस नेताको प्रश्नः शीतलनिवासलाई मर्यादासम्बन्धी न्यूनतम कानून पनि थाहा नभएको हो ?

Banner

काठमाडौं माघ ६-

नेपाली कांग्रेसका नेता अजुननरसिंह केसीले सभामुखको शपथ कार्यक्रममा सांसदलाई सचिवभन्दा पछाडि राखेकोप्रति असन्तुष्टि जनाएका छन् ।

राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखाएको उनको भनाइ छ । उनले शीतलनिवासलाई मर्यादासम्बन्धी न्यूनतम कानून पनि थाहा नभएको हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

सभामुखको शपथ कार्यक्रममा सहभागी भएर शीतलनिवासबाट फर्केपछि सांसद केसीले फेसबुकमा लेखेका छन्, ‘सभामुख संसदको साझा संस्था हो । सम्मानका लागि राष्ट्रपति भवनको शपथग्रहणमा उपस्थित भएँ । राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>