चितवन विशेष

चितवनमा आज यस वर्षकै धेरै चिसो, तापक्रम ६ डिग्रीमा झर्‍यो

Banner

चितवन, माघ ६-

चितवनमा शुक्रबार बिहानैदेखि चिसो बढेको छ । हुस्सु लागेका कारण घाम लाग्न सकेको छैन ।

भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर र पुसमा भन्दा माघ महिनामा चिसो बढ्दै गएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार आज (शुक्रबार) बिहान चितवनको तापक्रम ६ डिग्रीमा झरेका थियो । यो यस वर्षकै सबै भन्दा कम तापक्रम हो । विहान ११ बजेभने चितवनको तापक्रम १६ डिग्री पुगेको थियो ।

बिहीबार भने भरतपुरको तापक्रम बिहान ७ र दिउँसो २० डिग्री पुगेको उड्डयन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । बिहान १० बजेबाट आजका उडन नियमित रुपमा सबै सञ्चालन भएको उड्डयन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>