मनोरञ्जन
चार वर्षपछि रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’ को नेपाल राइट ‘केजीएफ २’ कै हाराहारीमा बिक्री
०

काठमाडौं, माघ ५-
चार वर्षपछि रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक ए/एट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो ।
शाहरुखको फिल्म चार वर्षपछि आउन लागेकाले पनि नेपाली फ्यानमाझ यसलाई लिएर ठूलै पर्खाइ छ । यो फिल्म आगामी बुधबार नेपालसहित विश्वभर प्रदर्शन हुनेछ । दर्शकमाझ बुधबार र विहीबार रिलिजको बानी नपरे पनि फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गर्न सक्ने देखिन्छ । भारतमा फिल्मले पहिलो दिन ३९ देखि ४१ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण बलिउड हंगामाले गरेको छ ।
भारतमा बुकिङ खुलिसकेकाले आक्रामक ट्रेण्ड देखिएको छ भने नेपालमा सेन्सरपछि मात्र बुकिङ खुलाउने तयारी मल्टिप्लेक्सले गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























