मनोरञ्जन

शहीद गंगालाल श्रेष्ठमाथि बन्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलले मुख्य भूमिका खेल्ने

Banner

काठमाडौं, माघ ५-

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलले मुख्य भूमिका खेल्ने भएका छन् ।

फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले अहिले पटकथा लेखिरहेका छन् । गंगालालको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने निधो नभईसके पनि फिल्ममा प्रदीप र आर्यन रहने पक्का भइसकेको हो ।

फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् र स्क्रिप्ट लेखन सकिएपछि २०८१ सालको कात्तिकदेखि फिल्म छायांकन गर्ने योजना छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>