चितवन विशेष

चितवनमा सहर केन्द्रित शिक्षाले ग्रामीण क्षेत्रका विद्यालय ओझेलमा छः वडा अध्यक्ष दवाडी

०
Banner

चितवन, माघ ४–

भरतपुर महानगरपालिका वडा नं.२३ का वडाध्यक्ष दिपक दवाडीले सहर केन्द्रित शिक्षा विकासका कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय ओझेलमा परेको बताएका छन् ।

सरस्वती माध्यमिक विद्यालय मधुपुरी भरतपुर–२३ का विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

दवाडीले भने, ‘सहर केन्द्रित भएर शिक्षाको गुणस्तर अगाडि बढेको छ । ग्रामीण क्षेत्रको विद्यालयमा आर्थिक जुटाउन पनि गाहे छ । पत्रकारहरु पनि सहर केन्द्रित भए । तेस्रो विद्यालयको स्वर्ण महोत्सव मनाउने क्रममा वडा छ तर विद्यालयको गुणस्तर सुधारमा अझै ओझेलमै छौं ।’

विद्यालयका निवर्तमान प्रध्यानाध्यापक मिनबहादुुर परियारले एसईई को रिजल्ट प्रतिशतमा आउन थालेपछि विद्यालय टप टेनबाट तल झर्दै गएको बताए । सरस्वती माध्यामिक विद्यालय मधुपुरीका प्रधानाध्यापक नवराज पोखरेलले विद्यालयलाई नमुना विद्यालयमा परिणत गर्न लागि परेको बताए । ‘२०७१ साल भन्दा पहिले हाम्रो विद्यालय नेपालकै १७ औं स्थानमा थियो । भरतपुर १० मा रहेको नारायणी नमुना मावि हामी भन्दा पछि १९ औं स्थानमा थियो । ग्रामीण परिवेश, अभिभाकको आर्थिक स्थिति र सहर केन्द्रित दक्ष जनशक्तिको आकर्षणले हामी पछि परियो । तर, संघर्ष गरिरहेका छौं’, उनले भने । पोखरेलले नारायणी नमुना माविले चयन गरेर विद्यार्थी भर्ना लिने भएकाले पनि नमुना बनेको दाबी गरे ।

विद्यालयले ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयको जन्मोत्सव शैक्षिक सुधार कोषबाट न्यानो कपडा उपलब्ध गराएको पोखरेलको भनाइ छ । उनले भने, ‘शिक्षकको जन्मदिन पर्दा यस कोषमा आफूले सक्दो रकम दान गरिन्छ । शिक्षामा सहयोग पुगोस् भनेर हामी सबैको सल्लाहले यो कोष स्थापना भएको हो । यसकै ब्याजबाट आज हामीले ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हौं ।’ कपडाको मूल्य ८५० रुपैँयादेखि ११७५रुपैँयासम्म रहेको पोखरेलले जानकारी दिए । यस विद्यालयमा ५३१ जना बालबालिका अध्ययनरत छन् । एक जना निजीसहित २२ जना शिक्षकले यहाँ पढाउँदै आएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>