मनोरञ्जन

अभिनेता श्रेष्ठले पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने घोषणा गरे

Banner

काठमाडौं,माघ ३-

अभिनेता सविन श्रेष्ठले आफ्नो पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने घोषणा गरेका छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले आफूले अभिनयबाट प्राप्त हुने पारिश्रमिकको १० प्रतिशत कलाकार संघलाई दिने घोषणा गरेका हुन्।

माघ १ गतेदेखि आफूले अभिनय गर्ने फिल्म, म्युजिक भिडियो, विज्ञापन र यसै क्षेत्रसँग सम्बन्धित कामबाट आफूले पाएको रकमको उक्त हिस्सा संस्थालाई प्रदान गर्ने घोषणा उनले सामाजिक सञ्जालबाट गरेका छन् । आफूले पाउने पारिश्रमिकबाट कर कटाएर मात्र आफूलाई दिन समेत उनले आग्रह गरेका छन् ।

हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>