Breaking News

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Banner

हेटौंडा,माघ ३-

बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदैछन्। संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। आज मंगलबार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

जम्मकट्टेल गत पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए। उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई मुख्यमन्त्रीमा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र तीन सिट रहेको नेपाल मजदुर किसान पार्टीमात्रै प्रतिपक्षमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>