Breaking News

राप्रपाको भागमा तीन मन्त्रालय, राजेन्द्र लिङ्देन उर्जा मन्त्री बन्ने

Banner

काठमाडौँ, माघ २–

अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जाने भएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएसंगै राप्रपा सरकारमा जाने निर्णयमा पुगेको हो । सहमति अनुसार राप्रपाले तीन मन्त्रालय भाग पाएको छ ।

स्रोतका अनुसार राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।
अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>