Breaking News
सत्तारुढ दलको बैठकः मन्त्रालयको भागबण्डा टुंगियो, भोलि नै नयाँ मन्त्रीहरुको सपथ ग्रहण
०

काठमाडौं, माघ २–
लामो कसरतपछि सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ ।
आज अपरान्हदेखि बसेको गठबन्धनको बैठकले भोलि (मंगलबार) मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
‘कुन कुन मन्त्रालयले कुन कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ’ लामिछानेले भने, ‘भोलि १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।’ उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























