Breaking News

सेतीको खोँचमा खसेका तीनजना अझै भेटिएनन्,मंगलबार बिहानैदेखि खोजी गरिने

Banner

पोखरा,माघ २-

आइतवार भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनापछि सुरक्षाकर्मीले सोमबार साँझसम्म ६९ जना यात्रुको शव निकालेका छन्।

पोखराको घारीपाटनस्थित सेती खोँचमा खसेर भएको यतीको जहाज दुर्घटनालगत्तै थालिएको उद्धार कार्य जटिल भूगोल भएका कारण चुनौतीपूर्ण रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार साँझसम्म ६९ जना यात्रुको शव घटनास्थलबाट निकालेर पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। जसमध्ये २१ शवको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ।

यो दुर्घटनापछि सेती खोँचमा परेर बेपत्ता भएका तीनजना यात्रु अझै फेला पर्न नसकेको डीएसपी थापाले बताएका छन्। उनका अनुसार ती यात्रुको खोजीकार्यलाई मंगलबार पनि निरन्तरता दिइने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>