Breaking News

विमानस्थलमा एटीसीको काम गदै आएकी सरुले हिजो विमान दुर्घटनामा गुमाइन परिवारका चार सदस्य

Banner

पर्वत, माघ २-

हिजो (आएतबार) भएको विमान दुर्घटनामा एकै परिवारका चार सदस्यले ज्यान गुमाएका छन् । माघे संक्रान्ति मनाउन जाने क्रममा आइतबार ४० वर्षीय युवराज शर्मा, उनको ६३ वर्षीया आमा जमुना शर्मा, १३ वर्षीया छोरी आरुबी र छोरा पाँच वर्षीय बेबीको मृत्यु भएको हो ।

युवराज शर्मा श्रीमती सरु शर्मा एयरपोर्टमा कार्यरत रहेकाले आफैँ विमानसम्मै पुगेर परिवारका चार सदस्यलाई सुखद यात्राको कामनासहित बिदा गरेकी थिइन । तर, उनीहरु यस संसारबाट सदाका लागि बिदा भए ।

एटीसी त्यो ‘स्टेसन’ हो जहाँ उड्न लागेको जहाज होस् वा उडेर बस्न लागेको अथवा आकाशमा उडिरहेको नै किन नहोस्, जहाजको सबै अवस्थाको बारेमा थाहा हुन्छ। ‘एटीसी’ को काम नै जहाजहरूलाई नियन्त्रणमा राख्ने, जहाज उडान र अवतरणका लागि अनुमति दिने, एयरपोर्टमा रहेका अवरोधलाई ‘क्लियर’ गराउने लगायत हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण भनेकै उडिरहेको जहाजसँग सम्पर्कमा रहने हो।

पहिचान भएर पोस्टमार्टम सकेपछि सोमबार नै शव आफन्तलाई जिम्मा लगाउने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ। संकलित सबै शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै राखिएको छ। ६८ जना यात्रु र चालक दलका चार जना सदस्य गरी ७२ जना बोकेर उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदी खोचमा दुर्घटना परेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>