मनोरञ्जन

मिस युनिभर्सको ताज लगाइदिन स्टेजमा पुग्दा भावुक भइन् हरनाज, झारिन् आँसु

Banner

भारत, माघ २-

गत वर्षको मिस युनिभर्स विजेता अर्थात् भारतकी हरनाज सन्धु ७१औँ मिस युनिभर्सको स्टेजमा भावुक हुँदै आँसु झारेकी छन् । यस वर्षको ताज विजेता अमेरिकाकी आर बोनी गेब्रिएललाई ताज लगाउन स्टेजमा पुग्दा भावुक भएकी हुन्

उनले मिस युनिभर्सको स्टेजमा गरेको भाषणको अन्त्यमा ‘नमस्ते ब्रह्मण्ड’ भन्ने सम्बोधन सुनिन्छ। यो सम्बोधनसँगै उनका आँखाबाट आँसु झरेका छन्। कालो पहिरनमा त्यहाँ पुगेकी हरनाज निकै सुन्दर देखिएकी थिइन्।

मिस युनिभर्स बन्नुअघि हरनाजले धेरै उपाधि जितेकी छन्। हरनाजले २०१७ मा टाइम्स फ्रेस फेस मिस चण्डीगढ, २०१८ मा मिस म्याक्स इमर्जिङ स्टार, २०१९ मा फेमिना मिस इन्डिया पञ्जाब लगायतका उपाधि जितेकी उनले २०२१ मा मिस युनिभर्सको उपाधि उचालेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>