Breaking News

पोखरा विमान दुर्घटनाः दोस्रो दिनपनि खोजी तथा उद्धार जारी

Banner

पोखरा,माघ २-

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोज तथा उद्धार कार्य दोस्रो दिन सोमवार शुरू भएको छ । दुर्घटनामा परी निधन भएका ६३ जनाको शव आइतवार फेला पारेर संकलन गरी पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो ।

विमानमा यात्रु र चालक दलका सदस्य गरी कूल ७२ जना रहेकामा ६३ शव संकलन भइसकेका छन् भने ५ शव संकलन गर्न बाँकी छ । अन्य ४ जनालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पहिचान भइसकेका शवलाई अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>