Breaking News

विमान दुर्घटना : आज पनि खोजी तथा उद्धार गरिने

Banner

पोखरा, माघ २–

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज पनि गरिने भएको छ । हिजो अबेरसम्म खोज तथा उद्धारमा जुटेको नेपाली सेनाले अधेरोमा काम गर्न कठिनाई भएको भन्दै खोजी कार्य स्थगित गरेको थियो ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएको हो । आज केहिबेरमा उद्धार कार्य थालिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

बिमानमा सवार ७२ जनामध्ये तीन जना अझै बेपत्ता छन् । ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>