चितवन विशेष

भरतपुरकी मेयर दाहालद्वारा देवघाटमा माघे संक्रान्ति मेलाको अवलोकन

Banner

चितवन, माघ १-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गरेकी छन् ।

हरेक वर्ष माघे संक्रान्तिको अवसरमा चितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।

मेयर दाहालले देवघाटको वेणी संगममा स्नान गर्नुका साथै पूजा आराधना गरिन् । मेलाको अवलोकन पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै मेयर दाहालले देवघाटधामलाई धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास गर्न महानगरपालिकाबाट बर्सेनि ठूलो रकम विनियोजन गर्दै आएको बताइन् ।

मेयर दाहालले देवघाटलाई थप व्यवस्थित गर्न सके ठूलो संख्यामा भक्तजनहरु भित्र्याउन सकिने उल्लेख गरिन् ।
‘देवघाट भरतपुर महानगरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो’ उनले भनिन् ‘यसको महत्वलाई अन्तराष्ट्रियकरण गर्न जरुरी छ । देवघाटलाई मौलिक शैलीमा विकास गर्नुपर्छ । यसतर्फ महानगरले ध्यान दिइरहेको छ ।’

देवघाट मेलाको अवलोकन गरेपछि मेयर दाहाले बाल्यकालमा हजुर आमासँग मेला घुमेको स्मरण ताजा भएको बताइन् । पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा माघे संक्रन्तिको अवसरमा हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । नवलपुर, चितवन र तनहुँको संगममा पर्ने यस धार्मिकस्थलमा माघे सक्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने गर्छन् । त्रिशूली नदी र कालीगण्डकीको संगमस्थल भएकोले मगर संक्रान्तिमा देवघाट स्नानको विशेष महत्व रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>