Breaking News
विमानस्थलबाट २ किलोमिटर पर जहाज दुर्घटना परेको छः कास्कीका सिडिओ टेकबहादुर केसी
०

काठमाडौं, माघ १-
आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
‘अहिले सुरक्षाकर्मी गएका छन्। विस्तृत जानकारी आउन बाँकी छ,’ केसीले भने।
पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। काठमाडौंमा गएको जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।
स्थानीय सुनिल रानाभाटका अनुसार आगो ठूलो छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























