Breaking News
नारायणी नदीमा क्रुजशिप माघ १ गते (भोलि)देखि संचालनमा आउने

चितवन, पुस ३०–
लामो समयको प्रयासपछि नारायणी नदीमा भोलि (माघ १ गते)देखि क्रुजशिप चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रा.लि.ले शनिबार एक विज्ञप्ती जारी गर्दै माघ १ गतेदेखि क्रुजशिप संचालनमा आउन लागेको जानकारी दिएको हो ।
करिव २ वर्ष पहिले नै क्रुजशिपको परीक्षण गरिएको थियो । कोभिड माहामारीका र केही नीतिगत व्यवधानका कारण क्रुजशिप संचालनमा आउन सकेको थिएन । अहिले सबै पक्रिया पुरा गरेर क्रुजशिप संचालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुंगेलले जानकारी दिए । उनले दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेको जानकारी दिए । ३ तलाको क्रुजशिपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता भने २०० रहेको छ ।
यसमा यात्रा गर्ने सबै यात्रुहरुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । क्रुजशिपको टिकट दर रु.७०० रहेको छ । ब्रेकफास्ट क्रुजिङको १५००, लन्च क्रुजिङ २०००, डिनर क्रुजिङ २५०० रहेको छ ।



























