मनोरञ्जन

युट्युबरका कारण निर्माताहरु मर्कामा परे : अध्यक्ष भुवन केसी

Banner

काठमाडौं, पुस ३०–

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युबरले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई मर्का परेको बताएका छन् । उनले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको बताए । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताए ।

उनले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यानलगायतको स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको बताए । अध्यक्ष केसीले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए।

उनले कुनै पनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>