चितवन विशेष

अनेरास्ववियु चितवनको संयोजकमा प्रकाश कालाखेती

Banner

चितवन,पुस २९-

अनेरास्ववियु चितवनको संयोजकमा प्रकाश कालाखेती चयन हुनुभएको छ । शुक्रबार बसेको अनेरास्ववियु जिल्ला कमिटीको विस्तारित बैठकले कालाखेतीलाई संयोजक चयन गरेको हो । चैत १७ र १८ गते जिल्ला सम्मेलन सम्पन्न गर्नेगरी कालाखेतीलाई संयोजक र हरी आचार्यलाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ । बैठकले ३७ सदस्सीय आयोजक कमिटी समेत गठन गरेको छ ।

उक्त कमिटीले माघ र फागुन महिनामा क्याम्पस सम्मेलन,उच्च मावि,सिटिइभिटी र नगर कमिटीका सम्मेलन बैठक र भेला गर्नेगरी योजना बनाइ अघि बढ्ने निर्णय गरिएको छ । बैठकले चैत ५ गते हुने स्ववियू निर्वाचनलाई केन्द्रित गरेर गतिविधिहरु अघि बढाउने समेत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>