Breaking News

रात्रिकालीन हवाई उडान सँगै सौराहाका व्यावसायीको समस्या क्रमश समाधान गर्छुः गृहमन्त्री लामिछाने

Banner

चितवन, पुस २९-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । हिजो (बिहिबार) लामिछानेलाई स्वागत गर्दै व्यवसायीहरुले संयुक्त रुपमा चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था गर्न माग गरेका हुन् ।

व्यावसायीहरुले सौराहास्थित बछौली प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न, पर्यटन व्यावसायलाई उद्योग सरह मान्यता दिन, निजामती कर्मचारीलाई भ्रमण काजको व्यवस्था कार्यान्वयन गर्न, पर्यटन व्यवसायीहरुलाई पनि कृषि क्षेत्रमा जस्तै ऋण अनुदान दिन लगायतका माग समेत राखेका छन् । व्यावसायीहरुले संयुक्त रुपमा उपप्रधानमन्त्री लामिछानेलाई समस्यासहितको ७ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

त्यस्तै जवाफमा गृहमन्त्री लामिछानेले भने विभागीय मन्त्री बनेपछि मन्त्री समक्षसमेत व्यावसायीका समस्या राख्ने र व्यावसायीहरुका समस्या क्रमश समाधान गर्दै जाने बताएका थिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>