Breaking News

उपप्रधानमन्त्रीसहित सरकारमा जाँदै राप्रपा अध्यक्ष लिङ्देन

Banner

काठमाडौँ, पुस २९–

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ ।

ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय मागेको बताइएको छ ।

‘पार्टीले यसअघिकै कार्यसम्पादन समितिको बैठकबाट एक दर्जन हाराहारीमा माग राखेको थियो । त्यो मध्ये कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट सम्बोधन भइसकेपछि अब पनि सरकारमा नजाने भन्ने हुँदैन’, राप्रपाका एक नेताले भने, ‘पार्टी अब सरकारमा जान्छ, यसबारे पार्टीमा बैठक बसेर निर्णय हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>