Breaking News

राज्य पद्धति र प्रणाली पुनरावलोकन हुन आवश्यक : पूर्वराजा

Banner

चितवन, पुस २७–

पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाहले राज्य पद्धति र प्रणाली पुनरावलोकन हुन आवश्यक रहेको बताएका छन् । ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा नेपाली राजनीति अलमलिएको बताए ।

‘नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ’, उनले भनेका छन्, ‘वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौं। राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ।’

पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा थप भनेका छन्, ‘ हामी चाहन्छौं । देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न–प्रयत्न गतिविधी आफ्नै शैली ढाँचा तथा प्रकृयाबाट अघि बढोस्। राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौं। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन। विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति आलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ। जय नेपाल ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>