गोरखा

प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटन गर्न गोरखा जाँदै

Banner

काठमाडौं, पुस २७-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन् । गोरखामा आयोजित ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उनी बुधबार गोरखा जान लागेका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

गोरखाको खेलकुद मैदान हरटारीमा माघे संक्रान्तिको अवसरमा महोत्सव आयोजना गरिएको छ । महोत्सव उदघाटन गरी आजै प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले हिजो मंगलबार मात्रै प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>