Breaking News

भारतले बिजुली कटौती गर्दा नेपालका ठूला उद्योगमा लोडसेडिङ

Banner

काठमाडौं, पुस २७–

भारतको विहारबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ।

विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार विहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।

‘विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ । जसकारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ’, प्रवक्ता भट्टराईले भने। प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उनले बताए।

ठूला उद्योगमा साँझ र बिहानको समय गरेर करिब आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिए। ‘अहिले ८० देखि १०० मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको ‘पिक आवर’को लोड काट्नुपरेको हो । मर्मत सम्भारका लागि अझै तीनचार दिन लाग्ने भनेको उनले जानकारी दिए।

प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत् माग करिब ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ। माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत करिब ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार ४०० मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ।

त्यस्तै, अहिले नौ हजार २७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>