Breaking News
प्रचण्डलाई सिंगै संसदको विश्वास, प्रतिपक्षमा तीन सांसद मात्रै !

काठमाडौं,पुस २६-
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएपछि संसद प्रतिपक्षविहीन हुने भएको छ। मंगलबार संसद भवनमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र प्रतपक्षमा बस्ने निर्णय गरेको छ। तर सरकार झण्डै दुई तिहाइ मत नजिक रहँदा विश्वासको मत दिने निर्णय गर्नुले प्रतिपक्षमा बसेर विरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्नेछ।
संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिँदैछन्। उनलाई सत्ता साझेदार दलबाहेक कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेका छन्।
यसरी हेर्दा प्रचण्डको पक्षमा असाधारण बहुमत पुग्ने देखिएको छ। २ सय ७५ सदस्यीय प्रतिनिसिभामा सत्ता साझेदारसँग मात्रै १ सय ६९ मत छ। कांग्रेस, नेकपा एकीकृत समाजवादी, र लोसपा पनि मिसिएपछि प्रचण्डले सिंगै संसदको विश्वास पाउने भएका छन्। विपक्षमा तीन जनाको मात्रै मत पर्ने देखिएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मात्रै प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन्


























