मनोरञ्जन
सय जना फ्यानलाई आफ्नै खर्चमा विजय देवरकोन्डाले घुम्न पठाउने
०

काठमाडौं, पुस २५
दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले आफ्नो खर्चमा सय जना फ्यानलाई घुम्न पठाउने भएका छन्। उनले आफ्नो खर्चमा सय जना फ्यानलाई मनाली ट्रिपमा पठाउन लागेका हुन्।
विजयले सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनले यस ट्रिपमा सहभागी हुन चाहनेहरूको लागि आवेदन भर्न पर्ने बताएका छन्। उनले इन्स्टाग्राम र ट्वीटरमा दिएको देवरासान्टा लिंकमा क्लिक गरेर त्यहाँ मागिएको विवरण भर्न पर्नेछ। यस ट्रिपमा जानको लागि १८ वर्ष उमेर पुग्नु पर्ने बताइएको छ।
उनी आफ्ना फ्यानसँग करिब रहन रुचाउँछन्। त्यसैले उनले नयाँ वर्षको अवसरमा फ्यानसँग नजिक रहने नयाँ योजना बनाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















