Breaking News
चितवनका १८ क्रसर उद्योग बन्द
०

चितवन,पुस २५-
चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नं. १ मा उक, वडा नं.२९ मा तीन, वडा नं. २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका.माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























