Breaking News

नेपाली तीन महिलाको हत्या आरोपमा भारतीय दम्पती पक्राउ

Banner

अर्घाखाँची, पुस २५–

चार महिनामा तीन नेपाली महिलाको हत्या गरेको आरोपमा प्रहरीले भारतीय दम्पतीलाई पक्राउ गरेको छ। अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय जोडीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

वृद्ध तथा एकल महिलाको गरगहना र नगद लुटी उनीहरूको हत्या गर्ने भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले यही पुस १७ गते शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापाको हत्या गरी गरगहना लुटेका थिए। यसअघि कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापाको हत्या गरेको प्रहरीले जनाएको छ। गत असोजमा उनीहरूले कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेका थिए।

पछिल्लो हत्यापछि अभियुक्त सिंह शितगंगा ११ को मुन्द्रीबास जंगलबाट प्रहरीको फन्दामा परेका हुन्। भारतको गुडगाउँ हरियाणा घर भई अर्घाखाँची शितगंगा १० सिद्धारामा ससुराली भएका अभियुक्त सुशान्तले श्रीमतीसँग मिलेर हत्या गरेको बताएका थिए। यससँगै परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

दुवैलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>