मनोरञ्जन

प्रेमीलाई बर्थडेको शुभकामना दिंदै पूजा भन्छिन्- तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ

Banner

काठमाडौं, पुस २४-

अभिनेत्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग गम्भीर प्रेममा छिन् । यो प्रेमजोडीले भविष्यको योजना समेत बनाइरहेको छ । उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् ।

आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् । उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’

कामको कुरा गर्दा यो जोडीले ललितपुर झम्सिखेलमा एक बहुउद्देश्यीय व्यवसायमा लगानी गरिरहेका छन् । पूजा चाहिं अनमोल केसीको प्रमुख भूमिका रहने अनटाइटल फिल्म निर्माणको तयारीमा छिन् । ‘म यस्तो गीत गाउँछु २’पछि पूजाले प्रेम सम्बन्धलाई खुलाउन थालेकी हुन् । उनीहरु यतिबेला सार्वजनिक कार्यक्रममा समेत देखिन्छन् ।

हेनुहोस् उनको फेसबुक स्टाटसः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>