Breaking News

कोरोना भाइरस संक्रमणबाट नेपालमा एक जनाको मृत्यु

Banner

काठमाडौँ, पुस २३–

नेपालमा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

अहिले नेपालमा २१ जना सक्रिय कोरोना संक्रमित छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>