Breaking News

आजदेखि देशभर चरा गणना गरिँदै

Banner

काठमाडौं, पुस २३–

आजदेखि देशभर चरा गणना गरिँदै छ । नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना (एसियन वाटरवर्ड काउन्ट) शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। चितवनमा भने भोलिदेखि मात्रै चरा गणना गर्ने तयारी छ ।

विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ, विजयपुर, कर्णाली, महाकाली, पश्चिम राप्तीलगायतका १५ वटा नदी प्रणालीको २७ स्थानमा यो गणना हुनेछ। त्यहाँका सिमसार क्षेत्रमा हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारबाट यस्तो गणना हुँदै आएको छ।

चितवनमा वर्ड एजुकेशन सोसाइटीले गणनाको संयोजन गरेको छ । लोथरबाट जिन्दगानीघाट, जिन्दगानीघाटबाट सौराहाघाट र सौराहाघाटदेखी कसरापुलसम्म तीन वटा अलग अलग टोली खटाएर एकैसाथ गणना गर्न लागिएको सोसाइटीका पूर्व अध्यक्ष बासु विडारीले बताए । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिन्छ । त्यस्तै ढुङ्ग्रे खोला बुढी राप्ती, बिसहजारी ताल, माडीको रिउ खोलामा पनि गणना हुनेछ ।

बसाइँसराइ गर्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गरी संख्या पत्ता लगाउने काम उक्त गणनाले गर्नेछ। यस्ता कार्यले सिमसार क्षेत्रको अवस्थाको बारेमा थाहा हुने र त्यस्ता क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी गराउनेलगायत रहेको विभागले जनाएको छ।

विभागका प्रमुख महेश्वर ढकालका अनुसार विश्वमा पाइने ९ प्रतिशत चरा नेपालमा पाइन्छ। नेपालमा कम्तीमा आठदेखि नौ सय प्रजातिका चराहरू पाइन्छन्। पछिल्लो समय चराका बासस्थान मासिँदा, सिमसार क्षेत्र सुक्दा, वन विनाश र डँढेलो तथा जैविक विविधता मासिँदा चरामा असर परेको छ। परागसेचनका लागि चराको भूमिका महत्वपूर्ण रहन्छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>