Breaking News
कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता, के होला सत्ता समिकरण ?
०

काठमाडौँ, पुस २२–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिदैछन् । तर प्रचण्डलाई विश्वासको मतमा असफल बनाउन प्रतिपक्षी दलहरु लागि परेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य दलहरुसंगको भेटघाटलाई तीव्र पारेको छ । यसैक्रममा आज साँझ कांग्रेस सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच के कुराकानी भयो भन्ने बारे बाहिर आइसकेको छैन । तर प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























