मनोरञ्जन

सेन्सरले काटिदियो ‘पठान’ फिल्मका धेरै दृश्यहरू

Banner

काठमाडौं, पुस २२-

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ सेन्सरमा १० स्थानमा काटिएको छ।

भारतीय सञ्चार माध्यम बलिउड हंगामाका अुनसार सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनका अध्यक्ष प्रसुन जोशीले फिल्मको १० स्थानमा काट्न आदेश दिएका हुन्। जसमध्ये अधिकांश संवाद छन्।

फिल्ममा समावेशी गीत ‘बेशरम रंग’ मा पनि केही दृश्य परिवर्तन गरिएको छ। यस गीत सार्वजनिक भएपछि फिल्म विवादमा फसेको थियो।

उक्त गीतमा अभिनेत्री दीपिकाको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>