चितवन विशेष

भरतपुरमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

०
Banner

चितवन, पुस २२–

भरतपुर महानगरपालिकामा ५–११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ।

महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई पुस २२ र २४ गते खोप लगाइँदै छ।

बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुमा खोप लगाइने महानगरको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>