मनोरञ्जन

हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को प्रसारण रोकियो

Banner

काठमाडौं, पुस २१-

हाँस्य टेलिशृंखला सक्किगो नि को प्रसारण रोकिएको छ। १०० औं भाग प्रसारण भएपछि कार्यक्रमको प्रसारण रोकिएको हो।

कार्यक्रमको प्रसारण रोकिएको कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए। ‘हिमालय टेलिभिजनसँग हाम्रो सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका छौं। एक दुई हप्तापछि कुन टेलिभिजनमा प्रसारण हुने भनेर टुंगो लाग्छ। त्यसपछि नियमित प्रसारण हुन्छ,’ उनले भने।

यो कार्यक्रम २०७७ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>