Breaking News

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

Banner

काठमाडौं,पुस २१-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थ घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका उनले वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठकलगत्तै वाणिज्य तथा आपूर्तिसचिवलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्तालाई मार परेकाले घटाउन निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो, ‘आजै आयल निगमले यसबारे केही निर्णय गर्ला।’ पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>