मनोरञ्जन
अभिनेता सविन श्रेष्ठले चलचित्र संघको अध्यक्षमा उम्मेदवारी दिने
०

काठमाडौं, पुस २१-
अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुने भएपछि सविनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकाहुन् ।
‘काठमाडौंका मात्र कलाकार होइनन् । देशभरका कलाकारलाई म एकजुट बनाउँछु । अनि कलाकार संघबारे कसैलाई पत्तो छैन । म सबै कलाकारमाझ संस्थालाई लिएर जान्छु,’ सविनले भने, ‘मेरो उम्मेदवारी कलाकार संघमा नयाँपुस्ता आउनुपर्छ भन्ने हो ।’
देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















