मनोरञ्जन

पठाओको मोटरसाइकल कारसँग ठोकिदा घाइते भएकी कलाकार खड्काको टाउकोमा ३० वटा टाँका

Banner

काठमाडौं, पुस २१-

पठाओको मोटरसाइकल काठमाडौंको बबरमहलमा कारसँग ठोकिदा फिल्म तथा टेलिभिजन कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन् । दुर्घटनामा परी खड्काको शरीर र टाउकोमा चोट लागेको खड्काको सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ ।

उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।

‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । बोल्न सक्ने भएकी छन् । पठाओ चालकले पनि उपचारमा सहयोग गरिरहेका रहेछन्,’ केसीले अनलाइनखबरसँग भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>