Breaking News

चिसोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु

Banner

जनकपुर, पुस २१–

चिसो बढेसंगै मधेस प्रदेशको जनजीवन कष्टकर बनेको छ । यहाँ चिसोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भइसकेको छ भने बालबालिका र बृद्धबृद्धाहरु विरामी भएका छन् । गएको सोमबारदेखि शितलहर चलेपछि जनजीवन थप कष्टकर बनेको हो । चिसोले कठ्यांग्रिएर सर्लाहीमा ४ र सप्तरीमा १ गरी ५ जनाको मृत्यु भएको हो ।

एक साताअघि सर्लाहीको बसबरिया गाउँपालिका–५ मा ७९ वर्षीया श्रीपतीदेवी पासवानको मृत्यु भएको परिवारले जनाएको छ । त्यसअघि हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय रामभगत माझी र हरिपुर–९ पिडारीका ४० वर्षीय रमेश माझीको चिसोले ज्यान गएको थियो । यस्तै हरिवन बजारमा मागेर खाने करिब ६५ वर्षीय एक पुरुषको पनि कठ्यांग्रिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यालादारीमा मजदुरी गर्ने सर्लाही कविलासी नगरपालिका–७ गैरकी शान्ति माझी चिसोकै कारण काममा जान सकेकी छैनन् । ‘अत्यधिक चिसो छ, काम खोज्न जाने हिम्मत पनि छैन,’ उनले भनिन्, ‘काम नपाएकाले बालबच्चाको पालनपोषणमा समस्या भइरहेको छ ।’ उनले घरमा आगोको सहारामा चिसो छलिरहेको बताइन् ।

अति विपन्न, मुसहर तथा डोम समुदायले चिसोबाट बच्न जुटको बोरा जोडेर भित्र पराल हाली सिरक तथा डसना बनाएका छन् । उनीहरू जाडोबाट बच्नका लागि परालले बुनेको चटाइ तथा पराल राखेको सिरक ओढ्ने गर्छन् । घाम नलागेकाले पराल सुकाउनसमेत नसकिएको स्थानीय मरणीदेवी माझीले बताइन् । ‘चिसोले ओछ्यानमा हालेको पराल ओसिएको छ, घाम नलागेकाले सुकाउन सकिएको छैन,’ उनले भनिन्, ‘दिउँसो त जेनतेन कटाउँछौं, रात त कटाउनै मुस्किल छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>