मनोरञ्जन

अभिनेत्री उपासना हात्तीछापको मुख्य भूमिकामा अनुबन्ध

Banner

काठमाडौं,पुस २०-

‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म ‘हात्तीछाप’को मुख्य नायिकामा उपासनासिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ । पारिश्रमिकलाई लिएर दुवैलाई चित्त बुझ्ने सहमतिअनुसार उपासनालाई अनुबन्धित गरिएको निर्माता नेपालीले जानकारी दिए ।

यो फिल्मका लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले पारिश्रमिक नखुलाए पनि उनको अघिल्लो फिल्म ‘दुई नम्बरी’मा उपासनाले लिएको ६ लाख रुपैयाँभन्दा केही बढी रहेको अनुमान गरिएको छ । अन्य दुई अभिनेत्री फाइनल गर्ने तयारीमा रहेको जनाइएको छ ।

सिमोस सुनुवारले निर्देशन गर्ने एक्सन-थ्रिलर फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्ता नेपालीका अनुसार चैतदेखि फिल्मको छायांकन सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>