मनोरञ्जन
थाइल्याण्डमा हुने ‘मिष्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व मिस्टर नेपाल वल्र्ड नुतनले गर्ने

चितवन, पुस २०-
‘मिष्टर नेपाल वल्र्ड’ नुतन श्रेष्ठले ‘मिष्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो । यो वर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
आगामी फेब्रुअरी २ देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगीता उनी नेपाली कलासंस्कृति सहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरुको सहभागिता रहने ‘मिष्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।
श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिपध्रीलाई पछि पार्दै उपाधि चुमेका थिए ।
‘मिष्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगीतामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलवा नेपाली कलासंस्कृति, प्रर्यटन प्रवद्र्धनसमेत प्रतियोगितामा गर्नेछु’ उनले थपे ।






















