Breaking News

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

Banner

काठमाडौं,पुस २०-

सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। बुधबार पार्टीनिकट युवा संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गरेपछि उनी प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्।

त्यहाँ दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने स्रोतले जनाएको छ। समाजवादीको चार दिन लामो बैठक सरकारमा जाने नजाने केही निर्णय गरेको छैन। कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्दा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको गुनासो नेपालले गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>