मनोरञ्जन

फेब्रुअरीमा बलिउड अभिनेत्री कियारासँग विवाह गर्दै अभिनेता सिद्धार्थ

Banner

काठमाडौं, पुस २०-

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले विवाह गर्ने भएका छन् । इण्डिया टुडेको रिपोर्ट अनुसार यी दुईको विवाह पञ्जाबी परम्पराअनुसार ब्याण्डबाजा र विस्तृत समारोहसहित हुने लमगेको हो ।

विवाह समारोह दुई दिनसम्म चल्नेछ । जैसलमेरमा हुने वैवाहिक कार्यक्रमपछि यो जोडीले मुम्बईमा फिल्म उद्योगका सेलिब्रिटीलाई आफ्नो भव्य रिसेप्सन पार्टी दिने भएको छ ।

फेब्रुअरीमा हुने सिद्धार्थ र कियाराको विवाहको तयारी पूरा भइसकेको देखिन्छ । इण्डिया टुडेका अनुसार उनीहरुले सोही दिन हल्दी र संगीत र भोलिपल्ट फेरा बस्ने छन् । स्रोतका अनुसार साथी र परिवारका सदस्यले हल्दीका लागि गाउन र पहेंलो थिमका पोसाकको किनमेल गर्न थालिसकेका छन् ।

फेब्रुअरी ४ र ५ मा प्रि(वेडिङ समारोह जस्तै हल्दी, मेहेन्दी र संगीत समारोह हुनेछन् भने फेब्रुअरी ६ मा विवाह समारोह हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>