भिडियो

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति

Banner

काठमाडौं,पुस १९-

दुई दशकअघिको हिट गीत ‘टुट्नु थियो टुट्यो मुटु’लाई पुनः रेकर्ड गरेर रिलिज गरिएपछि यसका मौलिक संगीतकार तथा गायक सुदीप गिरीले आपत्ति जनाएका छन् ।

उनले यो गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । २०६० सालमा उक्त गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि कपिराइट बिक्री नगरेको उनले जनाएका छन् । सुदीप लेख्छन्, ‘सबैले मन पराउनुभएको ‘‘टुट्नु थियो टुट्यो मुटु’’ बोलको गीत आज मलाई थाहै नदिई यो कम्पनीले पुनः रेकर्ड गरेर भिडियो समेत सार्वजनिक गरेकोमा मेरो घोर आपत्ति छ ।’

‘मेरो बौद्धिक सम्पत्तिको मालिक म स्वयं भएको र आजसम्म मेरो बौद्धिक सम्पत्तिको कपिराइट कुनै पनि कम्पनीलाई नबेचेको कुरा सार्र्वजनिक गर्दछु,’ उनी अगाडि लेख्छन्, ‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरी आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मनदेखि नै घोर भर्त्सना गर्दछु र नेपालको कानुनअनुसार यसको समाधान पनि खोज्ने छु ।’

गिरीको उक्त पोस्टमा कमेन्ट गर्दै अन्य संगीतकर्मीले पनि यो चर्चित गीतको पुनः सार्वजनिकीकरणप्रति आपत्ति जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>