Breaking News

आरआर क्याम्पसमा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्कासन

Banner

काठमाडौं, पुस १९-

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)ले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै तीन विद्यार्थीलाई निष्कासन गरेको छ।

यही पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेको समयमा खुकुरी प्रहार गर्ने कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिएका हुन्।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का तथा अन्य विद्यार्थीपवन खड्का र हर्क बोहरा घाइते भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>