कालिका

कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा दिन थाल्यो

Banner

चितवन, पुस १८–

कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ । तत्कालका लागि दुई दिन (आइतबार र विहीबार) अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ ।

यो सेवा हिजोदेखि सुरु गरिएको हो । पहिलो दिन सात जनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । अस्पताल नगरपालिकाकै मातहतमा संचालनमा छ ।

चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । हाल ५ जना चिकित्सक र दुईजना स्टाफनर्स अस्पतालमा कार्यरत्त छन् ।

अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको नगर प्रमुृख रेग्मीले जानकारी दिनुभयो । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला समेत संचालनमा ल्याएको छ । ‘सामान्य विरामीहरु स्वास्थ्य उपचारकालागि भरतपुर जान्न नपर्ने गरी अस्पताललाई व्यवस्थापन गरिरहेका छौं ’–नगरप्रमुख रेग्मीले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>