भिडियो

नायिका केकी अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक

Banner

चितवन, पुस १६–

गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेका शब्द, सीएल शर्माको संगीत रहेको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी चलचित्र प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् । विकाश दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>