Breaking News

गृहजिल्ला चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भनेः अहिले भाषण कम, काम धेरै गर्नेछु

Banner

चितवन, पुस १६–

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा भाषण कम, काम धेरै गर्ने बताएका छन् ।

आज गृहजिल्ला चितवनको भरतपुरमा नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएकाले सोही अनुसार भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको बताए । ‘अहिले धेरै भाषण गर्ने मनस्थितिमा म छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’–प्रधानमन्त्री दाहालले भने ।

अध्यक्ष दाहालले आफूले यो पटक हरेक दिन जनता, देश, सुशान र विकासको पक्षमा काम गर्दै जाने, नेपाल र नेपाली जनताको आवश्यकता सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको बताए । उनले प्रधानमन्त्रीको सपथ ग्रहण गरेलगत्तै पहिलो मन्त्रीपरिषद् बैठकबाट नै देशलाई आर्थिक संकटबाट पार लगाउनुपर्ने, सुशासन कायम गर्ने ऐतिहासिक आवश्यकतालाई ख्याल गर्दै भ्रष्टचार र व्यतिथि नियन्त्रण गर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइराख्ने सास्तीहरुबाट मुक्त गर्ने आवश्यकतालाई इंगित गरेर नै निर्णय गरेको बताए । ‘जनतालाई पीर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु’–प्रधानमन्त्री दाहालले भने ।

उनले देशभरका जनतालाई सुशान र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हुन अपिल समेत गरेका छन् । प्रधानमन्त्री दाहालले देशको विकासको मुख्य पक्ष नै शिक्षा रहेको भन्दै शिक्षाको गुणस्तरले नै अनुशासित र सभ्य समाज बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । चितवनको नमुना विद्यालयको रुपमा रहेको नारायणी नमुना माध्यमिक विद्यालय ६० वर्षअघि टुकीको साहारामा अध्यापन सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>